Tuesday, June 22, 2010

चरम सुखको विज्ञान

मानव शरीरमा कैयन् प्रकारका हार्मोन श्रावित हुन्छन् जसले व्यक्तिको सम्पूर्ण शारीरिक, मानसिक, भावनात्मक र विकासात्मक गतिविधिलाई प्रभावित एवं नियन्त्रित गर्छ । शारीरिक सम्बन्धका बखत पुरुषमा टेक्सोटेरोन र महिलामा प्रोजेस्टेरोन हार्मोनको श्राव बढ्छ जसले कैयन् शारीरिक क्षणलाई प्रकट गर्छ । यिनै हार्मोन्सले युवा अवस्थाका लक्षणलाई पनि प्रकट गर्छन् ।

चरम सुख अर्थात् आर्गेज्म शब्दको उत्पत्ति गि्रक शब्द आर्गाजोमबाट भएको हो जसको अर्थ हुन्छ कामुकताबाट फुल्नु । विज्ञानको भाषामा भन्ने हो भने आर्गेज्म शारीरिक उत्तेजनाद्वारा यौन इच्छाको शीर्षमा एक विस्फोटक, न्यूरोमस्कुलर र तन्त्रिका एवं मांसपेशी सम्मिलित रेस्पोन्सका रूपमा प्रकट हुन्छ । महिलाको योनीको लयात्मक संकुचनका साथमा आनन्दको अनुभूति र पुरुषमा स्खलनपश्चात् सन्तुष्टिका रूपमा दृष्टिगत हुन्छ । यौन सम्बन्धमा सहभागी हुनेबित्तिकै महिला यौन अवस्थामा प्रवेश गर्छिन् जसमा उनी यौन उत्तेजनाको तरंगलाई स्वीकार गर्न तत्पर हुन्छिन् । जसका कारण मस्तिष्कमा भएको सेक्स सेन्टर पनि सक्रिय हुन्छ र त्यहाँबाट आवेगको आनन्ददायी लहर सम्पूर्ण शरीरमा तरंगित हुनथाल्छ । जनांगसम्म यो आवेग आउनाले त्यहाँ रक्तसञ्चार तीव्र हुन पुग्छ जुन महिलाको योनीमा स्निग्धता र पुरुषमा लिंगोत्थानका रूपमा देखा पर्छ । त्यसपछि उत्तेजना निरन्तर बढ्दै जान्छ र चरम सुखसम्म पुगेर आर्गेज्मको अवस्था प्राप्त हुन्छ । यो अवस्थामा आँखाको पुतली फैलने, स्तनको निप्पल कडा हुने, शरीरमा सुखमय लहर प्रवाहित हुनेजस्ता शारीरिक लक्षण देखा पर्छन् । यद्यपि यी लक्षणलाई खोज्ने प्रयास गरे सम्बन्ध कामका रूपमा रहन पुग्छ र सुखमा कमी आउने सम्भावना हुन्छ ।
स्त्री आर्गेज्मलाई खासगरी तीन रूपमा बाँडिएको पाइन्छ- क्लाइटोरल आर्गेज्म, वेजाइनल आर्गेज्म र ब्लेन्डेड आर्गेज्म । केही विशेषज्ञ भने जी-स्पटको उद्दिपनलाई पनि आर्गेज्मका लागि महत्त्वपूर्ण मान्छन् । सम्बन्धका बखत जब क्लाइटोरिस वा भगनसा उत्तेजित हुन्छ तब क्लाइटोरल आर्गेज्म प्राप्त हुन्छ । यदि योनीको घषर् णबाट आर्गेज्म प्राप्त हुन्छ भने त्यसलाई वेजाइनल आर्गेज्म भनिन्छ । आर्गेज्ममा यी दुवै तत्त्वको उपस्थिति छ भने त्यसलाई ब्लेन्डेड आर्गेज्म भनिन्छ । चरम सुखमा पुगेर पनि स्त्रीको योनीमा कुनै प्रकारको संकुचन महसुस नहुन सक्छ, यो अवस्थाको अनुभूति भने
मस्तिष्कमा हुन्छ । केही महिला भने आफ्नो पार्टनरलाई प्रसन्न देख्न आर्गेज्मको अनुभूति भएको मिथ्या प्रदर्शन पनि गर्छन् ।
आर्गेज्ममा औषधीले पनि प्रभाव पार्छ । हृदयरोग र उच्च रक्तचापबाट ग्रस्त महिलाहरू आर्गेज्मको अनुभव गर्न सक्दैनन् । सुखद आर्गेज्म अनुभव गर्न फिमेल वियाग्राजस्ता औषधी बजारमा उपलब्ध छन् तर विशेषज्ञहरू यसलाई सुरक्षित भने मान्दैनन् । यसैगरी चाइनिज जडीबुटी र जिनसेंग आदि युक्त हर्बल औषधी पनि प्रयोग गर्नु हुँदैन, किनभने महिलामा तिनको परीक्षण गरिएको पाइँदैन ।

No comments:

Post a Comment