Sunday, June 27, 2010

About Rajesh Hamal

Rajesh Hamal was born on 9 June, 1964 in Mission Hospital, Palpa, Nepal. He completed his schooling from Moscow except for the 8th grade which he studied at the St. Xavier’s School, Nepal. He has a M.A in English from Punjab University, India.
He has 3 sisters and a brother. All of his sisters are doctors. Most of his family members reside at the United States now.
Before getting into the Nepalese film industry, Rajesh Hamal aligned himself to modeling and has modeled for an Indian Fashion Magazine, Fashion Net and had also engaged himself in other modeling works in Nepal and India. He made his way into the Nepalese film industry with the movie “Yug Dekhi Yog Samma” which was made by his uncle in 1990. After his first movie “Yug Dekhi Yug Samma”, there has been no looking back for this immensely talented actor. On average, he works on 10-12 Nepali movies a year and till date he has acted in over 180 movies including one Pakistani movie. Devata and Basanti are his favorite among the movies he’s acted.
In his early years, Rajesh Hamal liked to collect badges with pins. Now, he likes to follow the world news and read non-fiction books and autobiographies in his leisure time. He also loves playing tennis and swimming. He jogs everyday and has a personal gym at his home. Rajesh Hamal also loves spending time with this dog, Johnny.
Rajesh Hamal has always had long hair. He was extremely conscious with the way his hair looked since his childhood and would wear a cap while sleeping so that his hair would not look unkempt the next day. :-) Once, he shaved his hair to show his father that he can indeed have short hair.
Many of us don’t know that Rajesh Hamal is acrophobic, i.e. he’s afraid of heights and has a stunt man to perform for him in movies when it comes to movie scenes that require dealing with heights.
Rajesh Hamal when 17 fell in love with a 22 years old Indian girl but their love was short lived as the girl’s parents married the girl to someone else. He was linked with Kristi Mainali in his earlier carrier and later with Karishma Manandhar. Rajesh Hamal is still single and says he’s comfortable being single.
Rajesh Hamal is a brand ambassador for some well selling items and a Goodwill Ambassador for the Nepalese Government’s campaign against drug abuse in the country. Now-a-days Rajesh Hamal also hosts a quiz show “Wai-Wai Quiz-Whiz” on Kantipur Television Channel.
Rajesh Hamal’s presence and talent has turned KolyWood into an one man show. His acting skills, voice and personality place him at a much higher level than all his colleagues in the Nepalese Film Industry.

Nepali Songs By Anju Panta "Vedio"

Anju panta ko "Ani gajalkar bhaye ma "

http://www.youtube.com/watch?v=doIM8iiQyHU

Letest Lok Dohori (Nepali Dohori Geet )

Najau hai sanu padherima .
http://www.youtube.com/watch?v=1b2eZ0gSBz4

1. Nepali MP3 Free Download - Free Downloads of Nepali MP3 Free

Nepali MP3 Free Download: converter convert wma mac freeware. ... MP3 Rocket is an award winning mp3 download software. You can download free music ...


... Abhaya has a real sweet voice and can be called the Mariah Carey of Nepali music ... Download and enjoy these Nepali mp3 songs, but as always, ... I got this album from the web itself and thought it to share it with you all. Its 192 kbps mp3 format. Download and enjoy! .... free web site hit counter

Tuesday, June 22, 2010

यौनसम्बन्धमा प्राक्क्रीडाको महत्त्व

केही वर्षको प्रेमपछि दिवाकर र कृपाको भर्खरै विवाह भयो । विवाहको आपसी सौगातको रुपमा उनीहरूले आफ्नो कुमार-कुमारित्व साँचेर राखेका थिए । विवाहको उत्साह र व्यस्तता समाप्त भएको छ र अब उनीहरू सामान्य जीवनतिर फर्केका छन् । दुवैले यौन र त्यसबाट प्राप्त हुने स्वर्गीय आनन्दका मीठा-मीठा कल्पना गरेका थिए । तर कृपाले जुन आशा राखेकी थिइन् प्रायः त्यसबाट उनी वञ्चित हुनुपरेको छ । यौनसम्पर्कको केही बेरमा नै दिवाकर शिथिल हुन्छ ।




त्यस बेला आफूलाई यौन क्रियाकलापमा संलग्न हुने चाहना बढ्दो रुपमा हुँदाहुँदै त्यसै अर्कोतिर कोल्टे फर्केर सुतेको लोग्ने हेरेर रात काट्नुपर्ने स्थिति कति पटक उनमा आइपरेको छ । कृपालाई कसरी आफूले पनि सो चरम सुख प्राप्त गर्ने भन्ने लागेको छ ।

त्यसैगरी यौनसम्बन्धबाट वास्तवमा कृपा त्यति खुसी नभएको आभास दिवाकरलाई पनि हुन थालेको छ । एक किसिमको नरमाइलोपन उनीहरूको दाम्पत्यसम्बन्धमा पसेको छ र यसको चिसोपनले उनीहरूलाई गाँज्न थालेको छ । दिवाकरले कृपाको अतृप्तता बुझेको छ र ऊ पनि कसरी कृपालाई चरम यौनसुख दिने भन्ने ध्याउन्नमा छ ।

संसारमा भएका सुखहरूमध्ये शायद यौनसुख नै मानवले प्राप्त गर्ने सर्वोत्कृष्ट सुख हो । यसको प्राप्तिको लागि सबै व्यक्ति लाग्नु र सचेत हुनु आवश्यक छ । तर हामीले चाहना राख्दैमा सबै कुरा स्वतः हुने होइन । गहिरो प्रेमसम्बन्धको माझमा फुलेको भन्दैमा विशेष ध्यान दिइएन भने कृपा र दिवाकरको सम्बन्धले पनि सधैँ यौनसुख प्राप्तिको सुनिश्चितता प्रदान गर्न सक्दैन ।

यसको एक प्रमुख कारण दम्पती वा यौनजोडीले यौनसम्बन्धलाई लिंग-योनिबीचको यौनसम्पर्कमा मात्र सीमित गर्ने पनि हो । यसो हुँदा कतिपय दम्पतीले चाहँदाचाहँदै पनि पाउनुपर्ने यौनसुखबाट वञ्चित हुनुपर्ने मात्र होइन त्यसको दीर्घकालीन असरहरू पनि झेल्नुपर्ने हुन्छ । त्यसैले यौनसम्बन्धलाई लिंग-योनि यौनसम्पर्कमा मात्र केन्द्रित नगरी पर्याप्तरुपमा प्राक्क्रीडामा संलग्न रहन सके यौनसुखलाई बढाउन सकिन्छ ।

प्राक्क्रीडा त्यति प्रचलित शब्द होइन । यौनसम्पर्कका समयमा यौनांगको मिलन सुरु गर्नुभन्दा पहिले यौनउत्तेजना बढाउन गरिने विभिन्न किसिमको यौन क्रियाकलापलाई नै प्राक्क्रीडा भन्ने गरिन्छ । अंग्रेजीमा यसलाई फोर-प्ले (foreplay) भन्ने गरिन्छ । कतिपय विद्वानहरूले यस किसिमको प्रत्यक्ष यौन क्रियाकलापलाई मात्र प्राक्क्रीडा नभनी यौनक्रियालाई सुमधुर बनाउन गरिने कुनै पनि पूर्वक्रियाकलाप जस्तै- दुवै जनाले प्रेममय वा भनौं रोमान्टिक वातावरणमा गर्ने भोजन वा रमाइलो प्रेमवार्ता वा शृंगाररसयुक्त ठट्टालाई पनि प्राक्क्रीडा नै ठान्ने गरेको पाइन्छ ।

तर यथार्थ के हो भने कतिपय व्यक्तिहरु यौनसम्पर्कको सुरुआत नै एकैपल्ट यौनांगको मिलनबाट गर्छन् । यसो गर्नाले पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैले चरम यौनआनन्द पाउन गाह्रो हुन सक्छ वा भनौं यौनसुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्क्रीडामा संलग्न हुँदा यौनआनन्दलाई यसको चरम बिन्दुमा पुर्याउन मद्दत गर्दछ । प्राक्क्रीडामा संलग्न हुँदा एक-अर्काको शरीर, उसका संवेदनशील अंगका बारेमा थाहा हुने मात्र होइन दम्पतीबीच एक-आपसमा राम्रो कुराकानी हुने र एकअर्कालाई राम्ररी बुझने अवसर पनि मिल्छ । साथै आपसी समझदारी बढाउन पनि मद्दत मिल्छ । यही आपसी समझदारीले नै वास्तवमा यौन तथा वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौनप्रतिक्रिया चक्र र हाम्रा संवेदनशील अंगका बारेमा थाहा हुन जरुरी हुन्छ ।

उत्तेजनात्मक अंगहरु

व्यक्ति-व्यक्तिमा केही फरक पर्ने भए पनि यौनांग, यौनांगवरिपरिको क्षेत्र, नितम्ब, ओठ, गर्दन, स्तन, काखी, तिघ्रा, नाभीक्षेत्र आदि केही प्रमुख यौनसंवेदनशील अंग मान्न सकिन्छ । यौनांगको कुरा गर्दा पुरुषहरुको लिंगलाई नबिर्से जस्तै महिलाको यौनांगको कुरा गर्दा भगांकुरलाई बिर्सनु हुँदैन ।

गहिरिएर हेर्ने हो भने हाम्रो शरीर नै यौनमय छ र यौन उत्तेजनाको कुरा वास्तवमा हाम्रो मस्तिष्कबाट नै सुरु हुन्छ । यस अर्थमा भन्ने हो भने मस्तिष्क नै हाम्रो सबैभन्दा महत्त्वपूर्ण यौनांगको रुपमा लिन सकिन्छ । प्रत्यक्षरुपमा यौनसंवेदनशील अंगलाई उत्तेजित पारेकोजस्तो देखिए पनि वास्तवमा प्राक्क्रीडाको दौरानमा हामी मानसिकरुपमा पनि तयार भइरहेका हुन्छौं । प्राक्क्रीडाले यसरी हामीलाई शारीरिक तथा मानसिकरुपमा तयार गर्ने भएको हुनाले नै हामीले भरपूर यौनआनन्द प्राप्त गर्न सक्छौं ।

चरम सुख कसरी थाहा पाउने ?

कतिपय व्यक्तिले पुरुषले मात्र यौन चरम सुख प्राप्त गर्ने गर्छन् भन्ने ठान्छन् तर महिलाले पनि पुरुषले जस्तै यौन चरम सुख पाउँछन् । मानव यौनप्रतिक्रिया चक्र (Sexual Response Cycle) का चारवटा चरणहरु हुन्छन् । ती हुन्- एक्साइटमेन्ट फेज (Excitement Phase), प्लाटो फेज (Plateau Phase), अर्गाजम फेज (Orgasm Phase) र रिजोलुसन फेज (Resolution Phase)। समग्रमा उस्तै नै हुने भए पनि पुरुष तथा महिलाको यौनप्रतिक्रियाचक्रमा केही फरक भने हुन्छ ।

पहिलो एक्साइटमेन्ट फेज -उत्तेजनाको चरण) लाई निरन्तरता दिएमा व्यक्ति दोस्रो चरण -प्लाटो फेज) मा पुग्छ । यो चरणमा यौनउत्तेजनाको मात्रा अझै बढ्छ । यो कसैमा थोरै बेरको हुन्छ भने कसैमा अलि लामै पनि हुन सक्छ । महिलाहरूमा योनिद्वार अझै खुल्ने तथा यसवरिपरिको भाग फुलेर आउने अर्थात् ठूलो भएर आउने हुन्छ । योनिद्वारवरिपरिको भाग यसरी बढ्ने भएकोले भगांकुर अलि भित्र दबेको जस्तो देखिन्छ । स्तनपान नगराएका महिलामा स्तनको आकार बढेको तुलनात्मकरुपमा स्पष्ट देखिन्छ । आधाभन्दा बढीजसो महिलामा अनुहार र शरीरको छाला रातो (Sex Flush) हुन्छ । पुरुषले जस्तै यस चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबाबको महसुस गर्छन् । मांसपेशीहरुमा तनाव पैदा हुन्छ, मुटु तथा श्वास-प्रश्वासको गति एकदम तीव्र हुन्छ तथा रक्तचाप बढ्छ ।

प्लेटो फेजमा भएको यौन स्टिमुलेसन (Stimulation) निरन्तररुपमा भएमा चरम सुखको चरण -अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा बढ्दै गएको यौनतनावको उन्मोचन (discharge) हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्त्व छ । यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउँछ र खुम्चिने तथा खुल्ने हुन्छ । श्वास-प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ ।

महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवम् शरीरको तल्लो भागका मांसपेशीहरु खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरम सुख पाउँदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम -स्वर्गीय) आनन्द भन्छौं । यसपछि पुनः सबै कुरा सामान्य अवस्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज (Resolution Phase) भन्छौं ।

प्राक्क्रीडा कसरी गर्ने ?

आधारभूत रुपमा महिला र पुरुषमा समान हुने भए पनि केही भिन्नता भने पक्कै देख्न सकिन्छ । यौनउत्तेजनाको सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ । यौनउत्तेजनात्मक कुराको सोचाइ वा परिकल्पना एकातिर छ भने यौन संवेदनशील अंगहरूकै सीधा घर्षण अर्कोतिर छ भन्ने हामीले बिर्सनु हुँदैन । प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलाहरुलाई चरम सुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । महिलामा भगांकुरबाट प्राप्त हुने यौन चरम सुख र योनिबाट प्राप्त हुने यौन चरम सुखमा अन्तर हुन्छ । कतिपय अनुसन्धानकर्ताहरू महिलामा भगांकुरबाट मात्र चरम सुख प्राप्त हुने कुरामा विश्वास गर्छन् र यसको लागि भगांकुर घर्षणको आवश्यकता पर्छ ।

सही तालमेल नमिल्नाले चाहेको मात्रामा यौनसुख प्राप्त गर्न सकिंदैन । यसबारे दुवै जना यौनसाथीको बीचमा खुला र स्पष्ट कुराकानी त्यसैअनुरुप यौनसन्तुष्टि बढाउने किसिमको क्रियाकलापको खोजीमा निरन्तर लाग्नु जरुरी छ । पर्याप्त प्राक्क्रीडा नै नगरी यान्त्रिक रुपमा सम्भोग गर्ने चलनले गर्दा पनि दुवै यौनसाथीको बीचमा यौनसम्पर्कको बेलामा तालमेल स्थापित गर्न अप्ठेरो पर्छ । एकले अर्कोलाई सक्दो मद्दत गर्नुपर्ने हुन्छ ।

आफ्ना यौनक्रियाकलापबारेमा राम्ररी छलफल गर्नुको साथै दुवै जनाले साथसाथै चरम सुख प्राप्त गर्न पर्याप्त अभ्यास गरेमा सफल हुन सकिन्छ । हामी यन्त्र होइनौं भन्ने कुरा बुझनुपर्छ । राम्रो अभ्यासको वाबजुद पनि बरोबर असफलता हात लाग्न सक्छ । त्यसैले निरन्तर अठोट र प्रयासको आवश्यकता पर्छ ।

प्राक्क्रीडा गर्दा धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने आदि यौनक्रियाकलाप गरेर एक-आपसमा यौनउत्तेजना बढाउने गरिन्छ । गहिरो चुम्बन (French Kiss) तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै सहयोगी हुन सक्छ । त्यसैगरी विभिन्न अंगको मालिस गर्ने पनि एक महत्त्वपूर्ण क्रियाकलाप हुन सक्छ। मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग, सँगै नुहाउने वा पानी (bath tub) मा अर्ध डुबेर यस किसिमका मालिस गर्न सकिन्छ । धूपको रुपमा होस् वा अत्तरको रुपमा, सुगन्धको प्रयोगले मादकता थप्न सक्छ ।

शरीरलाई सुम्सुम्याउनु अर्को महत्त्वपूर्ण यौनक्रियाकलाप हो । हल्कारुपले आफ्नो यौनसाथीको शरीरका विभिन्न भागहरुको स्पर्श गर्नु वा सुम्सुम्याउनु यौनउत्तेजक हुन्छ । प्वाँख वा यस्तै कोमल वस्तुको प्रयोग अझै राम्रो साबित हुन सक्छ । यसो गर्दा आफ्नो यौनसाथीको कुन-कुन भाग संवेदनशील छ वा कुन-कुन अंग छोइएको मनपराउँछ भन्ने कुरा पनि थाहा पाउन मद्दत मिल्छ । कसैले हल्कारुपमा छोइएको मन पराउँछन् भने कतिले कडा किसिमले छोएको मन पराउँछन् । यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थप-थप गर्ने, चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ । बिस्तारै यौन भावभंगीमा लुगा फुकाल्दै जानु पनि प्राक्क्रीडा हुन सक्छ ।

कतिपय व्यक्तिले एक-दुइ पल्ट यस्तो प्रयास गरेपछि सफलता हासिल नहुँदा निराश भई कोशिश नै गर्दैनन् । पति-पत्नीको उत्तेजनाको स्तरलाई हाराहारीमा ल्याई दुवै जनाले एकैसाथ यौन चरम सुख पाउने अभ्यास गर्न सकिन्छ । तर सबैले यन्त्रजस्तो गरेर त्यसै हुनुपर्छ भन्नु मनासिव हुँदैन । तर मुख्य कुरा यहाँ अभ्यास नै हो । जति अभ्यास गरियो त्यति नै यसमा सफलता पाउन सकिन्छ । केही गरेर यो गर्न त्यति सजिलो नभए पनि यौन चरम सुख प्राप्त गर्नबाट वञ्चित हुनुपर्छ भन्ने पनि छैन । एकपछि अर्कोले पालो-पालो यौन चरम सुखको स्थितिमा पुगे पनि हुन्छ । अर्को कुरा, कुनै पनि पुरुषले आफ्नी श्रीमतीको यौन चरम सुखको प्राप्तिप्रति समर्पित यौनक्रियाकलाप त जहिले पनि गर्न सक्छन् । बुझनुपर्ने कुरा के भने जादुको छडीजस्तो कुनै निश्चित क्रियाकलापपछि यौनसम्पर्क गर्न पाइने भन्ने हुँदैन । यसको लागि एक-आपसमा अन्वेषण गर्नुपर्छ । यस्तो हतार नगरी बिस्तारै बढ्नु सफलताको अघि पुग्ने सजिलो उपाय हुन सक्छ ।

चरम सुखपछिको निरन्तरता

महिला चरम सुखको नजिक पुग्दा पुरुषको स्खलन भएर यौनसम्पर्कलाई निरन्तरता दिन नसक्दा स्वाभाविक रुपमा नै महिलालाई नरमाइलो लाग्छ । तर यस्तो किन हुन्छ भन्ने थाहा पाएमा समझदारी बढाउन मद्दत गर्दछ । यदि चरम सुखको चरणपछि पनि यौन स्टिमुलेसन (Stimulation) निरन्तररुपमा भइरहयो भने कतिपय महिलाहरुले एकपल्टभन्दा बढी चरम सुख (multiple orgasm) पाउन सक्छन् । तर पुरुषहरुमा भने यस्तो हुँदैन ।

महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक रिफ्रायाक्टरी पिरियड (Refractory Period) हो । यस अवधिमा पुरुषलाई जति नै तीव्र किसिमको यौनउत्तेजना दिए पनि उत्तेजित गराउन सकिंदैन । व्यक्तिअनुसार तथा एक व्यक्तिमा पनि विभिन्न समयमा यो अवधि फरक-फरक हुन सक्छ । केही मिनेटदेखि यो कैयौं घन्टासम्मको हुन सक्छ । यस स्वाभाविक कुरालाई पुरुषको यौनअक्षमता भनेर प्रश्न उठाई अनावश्यक चिन्ता गर्न आवश्यक छैन । उक्त रिफ्रायाक्टरी अवधिपछि पुरुष पुनः यौनसम्पर्कको लागि तयार भैहाल्छ ।

चरम सुखका लक्षणहरू

चरम सुखको चरणमा मांसपेशीहरुमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास-प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ । महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवम् शरीरको तल्लो भागका मांसपेशीहरु खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरम सुख पाउँदा यस्तो मांसपेशी खुम्चने-फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ त्यसलाई चरम सुख वा चरम -स्वर्गीय) आनन्द भन्ने गरिन्छ ।

पुरुषहरुको हकमा भने यो चरम सुख पाउने कुरा दुइ चरणमा पूरा हुन्छ । सुरुमा आन्तरिक अंगहरुको खुम्चने-फुक्ने क्रम सुरु हुन्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ । यस अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकोले प्वाइन्ट अफ नो रिटन (Point of no return) पनि भनिन्छ । त्यसपछि मूत्रनली, लिंग तथा पौरुषग्रन्थिको खुम्चने-फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ । वीर्य लिंगबाट बाहिर निस्कनुलाई नै हामी वीर्य स्खलन भएको भन्छौं । यही बेला नै पुरुषहरुले चरम सुख पनि पाउँछन् ।

यी सबै लक्षणहरूको अवलोकनबाट कसैले यौनसुख पाए/नपाएको कुरा थाहा पाउन सकिन्छ । तर कोही व्यक्ति यौनक्रियामा संलग्न हुन्छ भने ऊ आफैंले यस्ता लक्षणहरू अवलोकन गर्नु सजिलो कुरा होइन । अवलोकन गर्न भनेर कसैले यौनक्रियाकलापलाई नै रोकेमा यौनसाथीलाई पनि त्यसको प्रभाव पर्छ र यौन चरम सुखको स्थितिसम्म पुग्न लागेकै भए पनि अवरुद्ध हुन सक्छ ।

यसबारे थाहा पाउनु सबैभन्दा राम्रो उपायचाहिँ यौनसाथीलाई यौन चरम सुख पाए/नपाएको स्पष्ट सोध्नु नै हो । आफ्ना यौनजीवनका बारेमा स्पष्ट कुराकानी गर्न सकिएपछि यसलाई अझै सुमधुर बनाउन निकै मद्दत गर्दछ ।

सम्भोगका कुरा

पुरुषहरूजस्तै महिलाहरू पनि यौनउत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन् । यौनक्रियाकलापमा संलग्न हुनुभन्दा पहिले प्राक्क्रीडामा संलग्न भएमा यौनउत्तेजना प्राप्त गर्न र चरम सुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरम सुख प्राप्त गर्न मद्दत पनि गर्छ ।

पुरुषले जस्तै महिलाले पनि यौन चरम सुखको अनुभव गर्न पाउनु यौनअधिकारको कुरा हो । अर्कोतिर हरेक पटकको यौनसम्पर्कमा साथसाथै चरम सुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन । साथै चरम सुख पाइएन भने पीर गर्नुपर्ने आवश्यता छैन र पाउँदा वास्तविक अर्थमा सम्भोगको स्थितिमा पुग्न सकिन्छ । सम्भोग अर्थात् समभोग� जसको अर्थ दुवै जना यौनसाथी -पति-पत्नी ) ले समानरुपमा यस सुखलाई भोग गर्न पाउने कुरा हो।

यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ

झुल्किँदो घाममा पत्रकार कर्ण बोहराले एउटा चिठी थमाए, ‘जजाप‘ भनेर । जजाप अर्थात्, ‘जसरी पनि जानुपर्ने‘ । जजाप सम्झँदै ६ फेब्रुअरीको दिन ढिला गरेर होटल ओपेरा छिरेँ । सभाकक्षमा कुर्सी खचाखच थिए । अगाडिबाट दोस्रो पंक्तिको कुर्सी समातेँ । हलको भित्तामा झुन्ड्याइएको नीलो कपडामा सेता अक्षरले लेखिएको थियो— ‘विश्व क्यान्सर दिवसका अवसरमा क्यान्सर रोगबारे जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम ।‘ आयोजक फारवेस्ट स्कुल अफ मेडिसिन र सेती-महाकाली नर्सिङ क्याम्पस रहेछन् । लाग्यो, जजाप भन्या यत्तिको रैछ ।

कार्यक्रममा एकजना गहुँगोरो अधबैँसे अगाडि झुल्किए । माइक्रोफोनभन्दा पनि चर्को स्वरमा उनले क्यान्सरबारे धाराप्रवाह बोलिरहे । क्यान्सरका बारेमा कहिल्यै नसोचेका धारणाहरू सुन्दा मलाई यो कार्यक्रम नै सपना हो कि जस्तो लाग्न थाल्यो । उनले झन्डै एक घन्टा क्यान्सरकै बारेमा बोले । कस्तो लोभलाग्दो ज्ञान र जानकारी ! मलाई उनीसँग क्यान्सर-संवाद गर्न पाए कति मजा हुँदो हो भन्ने लाग्यो । छुस्स कुरा गरेँ, डा. प्रकाश बुढाथोकी एकै चुट्कीमा सहमत भए ।
कुराकानी त गरिने भयो, तर कस्तो फसाद भने मञ्चमै संवाद थाल्नुपर्ने । छेउको कुर्सीमा डाक्टरसाहेब, अघिल्तिर म । कानेखुसी गरेझैं मैले सोधेँ, ‘डाक्टरसाब ! यो क्यान्सर भनेको के हो ?’ विद्यार्थीलाई पढाएझैं डाक्टरसाबले बिस्तारै भने- ‘कोषको असाधारण वृद्धि ।‘ परिभाषालाई व्याख्या गर्न थाले, ‘शरीरको कुनै भागमा पलाएको, वा बढेको मासुको कोष शरीरको त्यही भागको मासुका कोषसँग मिल्दैन भने त्यो क्यान्सर हो ।‘ मान्छेको शरीरमा बढ्ने एउटा कोष पनि कति खतरनाक ! सुईको टुप्पोले पार्ने प्वालमा मात्रै लाखौँ कोष अटाउँछन् भन्छन् उनी । यति सानो चिजले पनि व्यक्ति, समाज र सारा विश्वलाई नै असर पार्न सक्ला र ? डा. बुडाथोकी भन्छन्, ‘यो विश्वका लागि चुनौती हो । एउटा कोषको असाधारण वृद्धिले संसार हल्लाएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार क्यान्सरले प्रत्येक दिन २० हजार मानिस यमलोक जान्छन् ।‘
मेरा मनमा चिसो पस्यो । प्रत्येक दिनका अखबारका पाना क्यान्सरको उपचारका लागि सहयोगको याचनाले रंगिएकै छन् । संसारलाई पर छोडेर मैले बुढाथोकी डाक्टरसाबलाई नेपालकै क्यान्सर-खबर सोधेँ । गम खाँदै भने- ‘नेपालमा ७० हजार क्यान्सरका रोगी छन्, प्रत्येक वर्ष ३० हजार नेपालीसँग क्यान्सरले नाता जोड्छ ।‘ मैले बोल्न नपाउँदै उनले अर्को तथ्यांक राखे, ‘प्रत्येक वर्ष १५ देखि २० हजार नेपालीको क्यान्सरले मृत्यु हुन्छ ।‘ बाबै ! मेरो मुटु काँप्यो । हैन, १० वर्षे सशस्त्र द्वन्द्वमा पनि जम्मा १३ हजार नेपालीले मात्रै ज्यान गुमाएका थिए । सशस्त्र लडाइँभन्दा पनि यो क्यान्सर पो भयानक रै‘छ । हामी बारम्बार ‘द्वन्द्वको पीडा‘ भन्दै छौँ । तर, यति भयानक पीडाबारे खोइ त चर्चा भएको ? यो कुरा आमनेपालीलाई थाहा छ होला त ?
म यस्तो मर्ने र मारिने दर्दनाक प्रसंगबाट उनको निजी जीवनमा फर्कें । दाङको घोराही नगरपालिका- ७, सेराईमा ३७ वर्षअगाडि जन्मेका रहेछन् प्रकाश बुढाथोकी । आफ्नो नामका अगाडि डा. झुन्डिएला भन्ने लागेकै थिएन रे उनलाई । ‘साधारण परिवारको मान्छे, मेडिकल पढ्न सक्ने त आसै गरेको थिइनँ,’ बुढाथोकीले बाल्यकाल सम्झे । मिहिनेती र अब्बल विद्यार्थी प्रकाश नौ वर्षअघि डाक्टर भएर नेपाल र्फकंदा बल्ल थाहा भयो, ‘लौ, डाक्टर पो भइयो ।‘ उनले सधैं छात्रवृत्तिमा पढे । कलेजको पढाइ होस् या भारतमा चकित्साविज्ञान पढ्दा, सधैं छात्रवृत्ति । ‘अहिले पनि स्कलरसिपमै पढ्दै छु,’ अलिकति उत्साही स्वरमा चीनमा अध्ययन गरिरहेको जानकारी दिए उनले ।

प्रायः डाक्टरहरू राजधानीको खाल्डोभन्दा बाहिर जाँदैनन् । जोडतोडले उफ्रिहाले पनि विराटनगर, पोखरा, बुटबल । धेरै भए नेपालगन्जसम्म पुग्छन् । पहाडतिर त जाँदै जाँदैनन्, झन् गाउँघरसँग त एलर्जी नै हुन्छ डाक्टरसाबहरूलाई । सबैले यस्तो गुनासो गरेको पाइन्छ । त्यही जिज्ञासा राख्न मात्रै खोजेको थिएँ, फ्याट्ट भनिहाले, ‘नेपालका विभिन्न स्थानमा एक हजार १९ ओटा क्यान्सर उपचार शिविरमा पुगेको छु ।‘ बाफ रे बाफ ! नौ वर्षमै यति धेरै शिविरमा ? नपत्याई सुखै पाइएन । ‘पचहत्तरै जिल्लामा पुगेको छु,’ गर्वसाथ भने, ‘देशैभरि घुमेको छु ।‘ एक हजार दुई सय १९ क्यान्सर शिविरमा उनले उपचार गरेका रोगीको संख्या त कति हो कति । पुनर्जीवन दिएका रोगीहरूको संख्यासमेत उनलाई ठ्याक्कै याद छैन ।
डा. बुढाथोकी पुगेका अधिकांश शिविर गाउँमै सञ्चालन भएका छन् । ‘सहरमा त चार सयजति होलान्,’ डाक्टरसाबले मुस्कुराउँदै भने, ‘अरू सबै गाउँमै हुन् ।‘ कस्तो छ त गाउँसँग क्यान्सरको नाता ? डाक्टरसाब एक्कासि मलीन भए । गाउँका पोकापुन्तुरा फुकाल्न थाले, ‘जनचेतना छैन, अशिक्षित छन्, गरिब छन्, रोगका बारेमा जानकारी छैन । स्वास्थ्य संस्थामा जाँदैनन्, कसैले जानकारी पनि दिँदैन ।‘ गाउँको यथार्थ एकहोरो ओकल्न थाले, ‘अनि कस्तो भनूँ, म गाउँको अवस्था ?’ उनले उल्टै मैतिर फर्केर प्रतिप्रश्न गरे । डा. बुढाथोकी पहाडी जिल्लाका गाउँघरमा क्यान्सरको अनुहार ससम्झिँदा झस्किन्छन् रे । झन् सुदूरपश्चिमका गाउँघर सम्झँदा त डाक्टरसाबको ब्लडप्रेसर नै बढेर आउँछ । ‘साँच्चिकै भयानक अवस्था छ,’ उनले गुनासो पनि गरे, ‘कसैले हेर्‍या‘छैन, सरकारले पनि वास्ता गरेको छैन ।‘
सुदूरपश्चिम मात्रै हैन अधिकांश पहाडी जिल्लाका गाउँघरमा क्यान्सर भएको थाहा पाए पनि उपचारै गराउँदैनन् रे ! ‘महिलालाई श्रीमान्, सासू-ससुराको अनुमति चाहिन्छ, उनीहरू सामान्य अवस्थामा अनुमति दिँदैनन् । लाज मानेर पनि उपचार गराउँदैनन्,’ डाक्टरसाबले भेटाएको गुह्य कुरा भने । उनले एक रोचक प्रसंग कोट्याए । दुई वर्षअघि क्यान्सरसम्बन्धी शिविरकै क्रममा उनी रसुवा पुगेका थिए । त्यहाँ उनले एकजना महिलाको उपचार गरेछन् र शिविरमै औषधी दिएछन् । ती महिलाले औषधी त्यहाँ नखाएर घर लगिछन् । घरमा श्रीमान्, सासू-ससुरा र छिमेकी बसेछन् । धामीझाँक्री बोलाएर देउतालाई सोधेछन् । जब देउताले खाऊ भन्यो अनि मात्रै ती महिलाले औषधी खाइछिन् । यो कथा अर्को दिन तिनै महिलाले डाक्टरसाबलाई सुनाएपछि उनी बोल्नै सकेनन् रे ।

क्यान्सर क-कसलाई के कारणले लाग्छ भनेर मैले सोधेँ । ‘महिलामा सबैभन्दा बढी स्तन र पाठेघरको क्यान्सर हुन्छ । पुरुषहरूमा मुख, घाँटी, फोक्सोको क्यान्सर । बालबालिकालाई रगत र आँखाको क्यान्सरले बढी सताउँछ । तर, कोही पनि समयमै उपचार गराउँदैनन् ।‘ डाक्टरसाबले सुनाए,- ‘चौथो अर्थात् अन्तिम अवस्थामा मात्रै उपचार गर्न आउँछन् अनि मृत्युको विकल्प हुँदैन ।‘ डाक्टरसाबका अनुसार अहिले एक सय किसिमका क्यान्सर देखिएका छन् । पुरुषमा हुने अधिकांश क्यान्सर सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनले हुन्छ । बालबालिकामा जेनेटिक क्यान्सर देखिएको छ ।‘
हलमा होहल्ला अलि बढी हुन थालेको थियो । म नजिकै सरेर सोधेँ, ‘महिलामा बढी कस्तो क्यान्सर देखिन्छ नि डाक्टरसाब ?’ ‘धेरै जनासँग यौनसम्पर्क गर्दा पाठेघरको क्यान्सर हुन्छ । असुरक्षित यौनसम्पर्क पनि क्यान्सरको अर्को कारण हो । टिनएज नकाट्दै (बीस वर्षमुनि) यौनसम्पर्क गरे क्यान्सरले झन् च्याप्छ ।‘ डाक्टरसाबले सरसर्ती भने, ‘यौनसम्पर्क नगर्दा पनि क्यान्सर हुन्छ ।‘ म झस्किएँ । कतै मैले गलत त सुनिनँ ? कान तीखो पारेर सुन्न प्रयत्न गर्दै मसिनो स्वरमा मैले फेरि सोधेँ, ‘साँच्चै हो डाक्टरसाब ?’ ‘हो, साँच्चै हो । टिनएज पारे गरेपछि यौनसम्पर्क नगर्ने हो भने क्यान्सर हुन्छ,’ चर्को स्वरमा उनले भने, ‘प्राकृतिक नियमविपरीतका हरेक कामले क्यान्सर निम्त्याँउछ ।‘ डाक्टरसाब भन्दै थिए, ‘टिनएजपछि यौनसम्पर्क नगर्दा महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर हुन्छ । शारीरिक सम्बन्ध नराख्दा पाठेघरको मुखको मासु चल्न नपाउने भएकाले क्यान्सर हुन्छ । अनि, स्तन चल्न नपाए स्तनको क्यान्सर हुन्छ ।‘ -फेसबुकमा ‘आई एम भर्जिन, एन्ड एम प्राउड अफ इट‘ भन्ने ग्रुपको यादले म फेरि झस्किएँ ।

कार्यक्रमकै बीचमा कुराकानी गर्ने मेसो मिलाएकाले समयको चाप बढ्दै गएको थियो । तैपनि, उपचारपद्धतिका बारेमा कुरा गर्न मन थियो । तर, डाक्टरसाहेब भने क्यान्सरविरुद्धको अभियानबारे चर्चा गर्न थाले । जहाँ गयो, त्यहीँ कार्यक्रम गर्न लगाउँदै क्यान्सरबारे जानकारी दिँदै हिँड्नु डाक्टरसाबको स्वाभाव नै बनिसकेको रहेछ । एक सय २० स्थानमा आफैंले कार्यक्रम गरे रे ! ४ फेब्रुअरी चिप्ले पनि त्यसकै अवसरमा डाक्टरसाबले नै कार्यक्रम गर्न लगाएका रै‘छन् । थोरै आक्रोश मिसाएर डाक्टरसाबले भने, ‘सरकार केही गर्न सक्दैन । उसलाई झाडापखाला, रुघाखोकी, जुका, दादुरा आदि-इत्यादिले छुट्कारा दिएकै छैन । क्यान्सरतिर कसरी लागोस् ?’

उनले आक्रोशको भाला युवातिर पनि तेस्र्याए, ‘अब पढेलेखेका हामीजस्ताले जनचेतना फैलाउनुपर्छ । आफ्नो वरिपरि जानकारी दिने, उपचार गर्न जाऔँ भनिदिने गरे पनि पुग्छ ।‘ हलमा बज्ने थपडीसँगै उनको क्यान्सरसँगको अन्तरंग झांगिदै आयो । डाक्टरसाबले एउटा अर्को रोचक प्रसंग झिके । दुई वर्षअघि उनी क्यान्सर शिविरकै क्रममा मुस्ताङ पुगेका रहेछन् । उनले क्यान्सरपीडित ९२ वर्षीया वृद्धाको उपचार गरेछन् । उपचार गर्दा वृद्धाले भनिन् रे, ‘आम्मै ! मर्नुअगाडि डाक्टरसाप पो देखेँ । मर्न नदिने डाक्टरसाप पनि मान्छे नै हुँदा रै‘छन् ।‘ उनै डाक्टरसाबले अहिले पनि ओठमा मन्द मुस्कान छरे । र भने, ‘हेरौँ न, हाम्रो अवस्था कति दर्दनाक छ ।‘
टिनटिन घन्टी बजेको थिएन । तैपनि, समय सकियो । उठ्नै लाग्दा डाक्टरसाबले थपे, ‘भाइ यो पनि लेख्नुस् । अब सरकार र एनजिओ-आइएनजिओको भर कति पर्ने ? हामीले पनि केही गर्ने हो कि ?’क-कसले के-के गर्ने भन्ने तालिका बनाउन पाएको भए कति जाती हुन्थ्यो होला । तर, सामान्य उपचारपद्धतिका बारेमा पनि कुरा गर्नै नपाई छोटो समयले हामीलाई छुट्टनि आदेश दियो

श्रीमान नहुदाँ परपुरुषसँग यौनसर्म्पर्क राख्नैपर्ला ?

पर पुरुषसँग यौनसर्म्पर्क राख्नैपर्ला ?

अध्ययनहरूले नियमित यौनसर्म्पर्क गर्ने व्यक्ति आङ्खनो नियमित साथीसँग छुट्टिएर लामो समयसम्म बस्दा यौनचाहना पूरा गर्ने वैकल्पिक उपायका रूपमा अर्को व्यक्तिसँग सर्म्पर्क राख्ने गरेको देखाएको छ । तपाईंले आङ्खनो इच्छा पूरा गर्न त्यस्तो सम्बन्ध बनाउनुभएको देखिन्छ । यस्तो हो
भने तपाईंको श्रीमान्लाई पनि त्यस्तो इच्छा हु ने र उनले पनि सर्म्पर्क राख्ने सम्भावनालाई नकार्न सकिँदैन । यौनसन्तुष्टि पूरा गर्ने कुरा जैविक
दृष्टिकोणले स्वाभाविक भएर मात्र पुग्दैन । मुख्य कुरा विवाह-बन्धनमा बाँधिनु सामाजिक उत्तरदायित्व बोक्नु पनि हो । अर्कातिर विवाह सम्बन्धभन्दा बाहिरको यस्तो सम्बन्धपछि श्रीमान् वा परिवारका अन्य सदस्यले थाहा पाएको स्थितिमा तपाईंको यो सम्बन्धलाई मात्र होइन, तपार्इंलाई नै परिवारमा स्वीकार नगर्ने स्थिति रहन सक्छ । अहिले सन्तान जन्मिसकेको स्थितिमा कुनै पनि कदम चाल्नुअघि सन्तान, श्रीमान्, घर अनि माइतीतिरको परिवार अनि सबैभन्दा महइभ्वपूर्ण त तपाईं आफैंलाई कस्तो असर पर्ला भनेर सोच विचार गर्नु पर्ने हुन्छ ।

हस्तमैथुन यौन सन्तुष्टिको राम्रो विकल्प हो । तपाईंले भाइब्रेटरको कुरा उल्लेख गर्नु भएको छ । तपाईंलाई पक्कै अनुभव हो ला कि त्यसले यौन
चरमसुखमा पुग्न सहयोग नै गर्छ ।

के मुखमैथुन अप्राकृतिक हो ?

एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सर्म्पर्कमा ल्याई गरिने क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ । परापूवकालमा वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ । उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन् । मु खमैथु न विभिन्न प्र कारले
गरिन्छन् ती हुन् : १। लिङ्ग-मुख मैथुन, २। योनि-मुख मैथुन, ३। गुद्द्वार-मुख मैथुन । मुखमैथुनको चर्चा गर्दा यी सबै प्रकारलाई विचार गर्नुपर्ने हुन्छ ।
मुखमैथुनबाट यौन आनन्द पाउन रुचाउने व्यक्ति वा जोडीहरू यथेष्ट मात्रामा भएका उदाहरण हाम्रो सर्म्पर्कमा आउँछन् ।मानव यौनसर्म्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पती तथा यौनजोडीका बीचमा मु खमै थुनको महइभ्वपूर्ण स्थान रहेको पाइन्छ । मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन भन्ने धेरैमा शंका रहेको पाइन्छ । स्वस्थ व्यक्तिका माझ मुखमैथुन गर्नु सुरक्षित हु न्छ ।

योनिरस निल्दा खराबी हुन्छ ?

स्वस्थ व्यक्तिको योनिरस आफैंमा कुनै हानि वा खराबी गर्ने कुरा हुँदैन । त्यसैले यस्तो योनिरस मुखमा पर्दा वा निलिँदा कुनै हानि गर्दैन । त्यसैगरी
वीर्यमा पनि कुनै खराब गर्ने पदार्थ हुँदैन । कतिपय व्यक्तिलाई मुखमैथुन गर्ने रुचि नहुन सक्छ । योनिरस वा वीर्य निल्न दबाब दिइनु मनासिब होइन । कसै-कसैलाई योनिरस वा वीर्यको स्वाद र गन्ध मन नपर्न सक्छ । यस्तो स्थिति क्षणिक रूपमा वाकवाक लाग्न सक्छ । यौनसर्म्पर्कबाट एचआई भीजस्ता
यौनरोग र्सन सक्छन् । यो कुरा लिङ्ग-योनि मैथुन वा यौनसर्म्पर्कमा मात्र लागू हुने होइन । यदि यौनसर्म्पर्कमा संलग्न व्यक्तिमध्ये कसैमा यौनरोग छ भने र्सन सक्छ । तपाईंले लिङ्ग-योनि यौनसर्म्पर्कमा मात्र कन्डम लगाएर पुग्दैन । यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ । यदि यौनसाथीमध्ये कसैलाई यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ । मुखमैथुन गर्दा कन्डम अथवा डेन्टल ड्याम रबरको पातलो चारपाटे टुक्रा० को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ ।

कालो किन भएको होला ?

तपाईलाई महिला यौनाङ्गको स्वरूपका सम्बन्धमा थाहा छ भने भगक्षेत्रमा भगोष्ठहरू हुन्छन् । बाहिरतिरको एक जोडी भगोष्ठलाई ठूलो भगोष्ठ
भनिन्छ भने भित्रतिरकोलाई सानो भगोष्ठ भनिन्छ । अन्य केही छालाको तुलनामा यसको छाला केही कालो नै हुन्छ । त्यसबाहेक बारम्बार संक्रमण वा
अन्य कारणले शोथ भए वा छालाका अन्य केही अवस्थामा कालोपन बढ्न सक्छ ।