Wednesday, June 16, 2010

यौनभावनाको व्यवस्थापन


यौनभावनाको व्यवस्थापन
विधवा महिलालाई यौनभावनाको व्यवस्थापन गर्नु सजिलो विषय होइन । यसका सामाजिक परम्पराका कुरा छन् । विवाह व्यक्तिगत कुरा मात्र नमानिने भएकोले पनि विधवा महिलाको यौनेच्छाको समाधानको कुरा जटिल बन्न पुग्छ । विधवाको यौनजीवनको यस किसिमको नियन्त्रण महिला यौनशोषणकै एउटा रुप हो ।
विधवा भए पनि ऊ अन्य व्यक्तिजस्तै हो । भोक-न्रि्राजस्तै उसलाई यौनको पनि आवश्यकता पर्छ । विधवाको यौनजीवनलाई कडारुपमा नियन्त्रित गर्न खोज्दा यसका नकारात्मक असर पनि पर्छन् । यौनेच्छालाई दमित राख्न खोज्दा विभिन्न मनोवैज्ञानिक असर महिलामा हुन सक्छ । यौनेच्छालाई व्यवस्थापन गर्नु महत्त्वपर्ूण्ा कुरा हो । तर कतिपय व्यक्तिलाई सजिलो नहुन सक्छ । यौनेच्छालाई व्यवस्थापन गर्न नसक्दा सामाजिक मान्यताभन्दा बाहिर पनि यौनसम्बन्ध पुग्न सक्छ र त्यसले पक्कै नै धेरै अनिच्छित कुराहरू निम्त्याउँछ । अनिच्छित गर्भ, त्यसबाट पर्ने जोखिमहरू, यहाँसम्म कि ज्यानै जान सक्ने कुरादेखि समाजमा दर्ुनाम हुनेजस्ता समस्याहरु आउन सक्छन् ।
अर्को गम्भीर पक्ष के छ भने विधवा महिलाको यौनेच्छा हुन्छ र उसले यसलाई दबाएर राखेकी हुन्छे भन्ने कुरा नबुझेजस्तो गरेर बस्ने समाज एकातिर भए पनि यसैलाई आधार बनाएर यौनसर्म्पर्कको लागि मौका खोज्ने व्यक्ति विधवा महिलाले आफ्नोवरिपरि नै भेट्न सक्छे । केही स्थितिमा त बल प्रयोग नै हुन सक्छ । बलात्कृत हुन परे पनि आवाज सशक्त रुपमा उठाउन नसकिने हुन्छ । विधवा महिला आफंैमा कमजोर स्थितिमा रहेको हुनाले पनि बलको प्रयोग गरेर यौनसर्म्पर्क गर्न सजिलो हुने स्थिति बन्छ । पति नभएको स्थितिमा उसैलाई खराब वा चरित्रहीनताको टाँचा लगाइदिएर समाज वा शोषक व्यक्ति उम्कन सक्छन् । त्यसैले विधवा महिला गम्भीर प्रकृतिका यौनहिंसाको सिकार हुन सक्ने स्थितिलाई ध्यानमा राखेर जहिले पनि सजग भएर बस्नर्ुपर्छ ।
विधवाको यौनजीवन निकै नियन्त्रित भएको समाजमा ती महिलाले यौनेच्छा शान्त पार्ने उपाय अवलम्बन गर्न सजिलो नहुन सक्छ । विधवा महिलाको लागि यौनेच्छा शान्त पार्न हस्तमैथुन एक राम्रो उपाय हुन सक्छ । यसको लागि अर्को सम्बन्ध स्थापित गर्ने कुराको साथै आउने असजिलोपनबारे चिन्ता गर्नु पनि परेन । कसै-कसैलाई केही असजिलो लाग्ने भए पनि अभ्यस्त हुँदै गएपछि अनेक तरिकाले स्वःआनन्द लिने गर्न सकिन्छ ।
महिलामा प्रत्यक्षरुपमा योनिलाई नै यौनअंग ठानिन्छ । महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अंगहरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन् र यौनआनन्द प्रदान गर्न सक्छन् । महिलाले विभिन्न यौनअंगहरूलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने गरेको देखिएको छ । हस्तमैथुन गर्दा यौनपरिकल्पना एक महत्त्वपर्ूण्ा पक्ष हो । हस्तमैथुन गर्दा आफूले चाहेअनुरुप्ा यौनक्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ । यसमा मानसिक पक्ष सबलरुपमा जोडिएर आनन्द झन् थपिन्छ । यहाँ बितेका श्रीमान्सँग नै यौनक्रियाकलापमा संलग्न भएको कल्पना गर्न सकिन्छ । यौनपरिकल्पनाबाट यथार्थमा आउँदा केही असजिलो हुन सक्छ तर यौनपरिकल्पनासहितको हस्तमैथुनको यौनआनन्दको आफ्नै महत्त्व छ ।
अहिले विभिन्न यौनप्रसाधनको प्रयोग धेरैका लागि सहयोगी साबित भएका छन् । कतिपयले पुरुषको लिंग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्ने गर्छन् । विद्युत् वा ब्याट्रीबाट चल्ने भ्राइब्रेटर भनिने यौनप्रसाधन विभिन्न किसिमको आकारप्रकारमा पाइन्छ । तुलनात्मकरुपमा यसको प्रयोगले यौनआनन्द प्राप्त गर्न सजिलो भएको हुनाले पनि यो कयौं महिलाले मन पराएका पनि छन् ।
कतिपयलाई हस्तमैथुन खराब कार्य हो कि जस्तो लाग्न सक्छ तर त्यस्तो सोचमा कुनै वैज्ञानिकता छैन । हस्तमैथुन पनि एउटा स्वाभाविक यौनव्यवहार हो । र्सवप्रथम त हस्तमैथुनले यौनेच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । तनावबाट मुक्त मान्छे बढी सकारात्मकरुपमा सिर्जनशील हुन सक्छ र सकारात्मक तथा उत्पादनशील जीवनयापन गर्न सक्छ । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसर्म्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभीरएड्स वा अन्य यौनरोगहरु लाग्नबाट पनि बचावट हुन्छ ।
विधवा महिलाको पुनर्विवाह एक राम्रो समाधान हुन सक्छ । यसले यौनेच्छाको पर्ूर्तिका साथै सामाजिक-आर्थिक सुरक्षा पनि दिन सक्छ, जसले महिलाको शारीरिक मात्र होइन मानसिक स्वास्थ्यलाई पनि सकारात्मक रुपमा सहयोग गर्दछ ।
राम्रा, नराम्रा अनुभूति हुने पुराना सम्झनाहरूको व्यवस्थापन सजिलो कुरा होइन तर गर्नुपर्छ नै । केही गुमाएको अनि पीडाको अनुभूति हुन्छ अनि असहायपन पनि त्यति नै हुन्छ । यस्तो बेलामा अर्को व्यक्तिको सामीप्यता खोजिन्छ । कतिपय समाजमा मातापिताको घरमा गएर बस्नु सजिलो कुरा नहुन सक्छ । त्यसैले धेरै कुरामा वर्जित भएर बस्नुको सट्टा पुनः सामाजिकीकरण गर्नु आफंैमा महत्त्वपर्ूण्ा कुरा हो । अन्य व्यक्तिले चाहेर मात्रै होइन, विधवा महिलामा यसको लागि आँट र बलियो अठोट चाहिन्छ ।
यौनजीवन कसरी अघि बढाउने अनि पुनर्विवाह गर्नेजस्ता ठूला निर्ण्र्ाागर्न सजिलो छैन । धेरै सोचविचार र सबै दृष्टिकोणबाट ध्यान पुर्‍याउनुपर्ने हुन्छ । त्यसैले राम्रो परामर्शको आवश्यकता पर्छ । सबैको सकारात्मक सहयोग भए कुण्ठित भएर बस्नुको सट्टा एकल महिलाले व्यक्तिगत-सामाजिक अनि यौनआकांक्षा पूरा गर्ने मात्रै होइन, बृहत्तर समाजलाई नै ठूलो सहयोग गर्न सक्छन् । विधवा महिलालाई पनि अन्य व्यक्तिजस्तै आफ्ना नैर्सर्गिक अधिकारहरूको प्रयोग गर्न दिनु विकसित र सभ्य समाजको द्योतक हो ।

No comments:

Post a Comment